अमृता प्रकाशन

निर्दोष एनपी
कल्पनाको विशाल प्रशान्तमा
हृदयले लाखौं गोता लगाएर ,
बल्छिका स्वप्निल काँडाहरूमा
ध्यानको श्रृङ्गारिक चारो उनेर
पक्रेका ती अनगिन्ती कविताहरू पनि
फिका लागे ।
जब ,
कवियत्रीले आफ्नै कोखबाट
जिवन्त एक कवितालाई जन्म दिइन् ,
लाग्यो उनले कहिल्यै
कुनै कविता लेखेकी थिँइनन् ,
त्यो नै सायद पहिलो कविता थियो
जसलाई उनले आफ्नै कोखबाट प्रकाशन गरिन ।

प्रतिकृया दिनुहोस्