विषालु साग खाँदा एकै परिवारका ४ जना गम्भीर बिरामी

भाद्र १२, विषालु साग खाँदा काठेखोला गाउँपालिका– ५ रिजालचोक बागलुङ स्थित एकै परिवारका ४ जना बिरामी परेका छन् ।
जंगलबाट ल्याएको जरिम्लो नामक साग खाँदा उनीहरु गम्भीर बिरामी परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक हेम केसीले जानकारी दिनुभयो ।
उक्त साग खाँदा रिजालचोकका देउरुपा कँडेल, चुडामणि कँडेल, चिज कँडेल र सन्तोष कँडेल बिरामी परेका हुन् । बिरामी चारैजनालाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्