प्रहरीको यातनाले युवकको मृत्यु : निषेधाज्ञा तोडेर विरोध प्रदर्शन
भाद्र ११, राैतहट । प्रहरीले हिरासतमा यातना दिएको कारण एक युवकको मृत्यु भएको भन्दै रौतहटमा प्रहरीविरुद्ध विरोध प्रदर्शन गरिएको छ ।
हत्याको आरोपमा पक्राउ परेका विजय महराको उपचारको क्रममा आज बिहान १ बजे मृत्यु भएपनि स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।
हिरासतमा रहँदा उनलाई प्रहरीले चरम यातना दिएको कारण मृत्यु भएको परिवारको दावी छ । अपराध कबुल गराउन प्रहरीले हिरासतमै चरम यातना दिएकाले महराको मृत्यु भएको भन्दै उनका आफन्त र स्थानीयले जिल्लाको गरुडा नगरपालिकामा विरोध प्रदर्शन गरेका हुन् ।
समुदायमा कोरोना संक्रमण फैलिएको भन्दै स्थानीय प्रशासनले गत साउन २४ गतेदेखि भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । उक्त निषेधाज्ञाको अवज्ञा गर्दै सयौं स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए ।
प्रहरीले दोषीलाई उम्काउन र निर्दोषलाई फसाउन जबरजस्ती यातना दिएको भन्दै घटनामा संलग्न प्रहरीहरुलाई कारवाहीको माग गरेका छन् । प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय गरुडा अगाडि करिब ३ घण्टा धर्ना तथा नाराबाजी गरेका थिए ।
प्रतिकृया दिनुहोस्