‘लुमिराडीएक्स’ले बनायो १२ मिनेटमा कोरोना परिक्षणको गर्न सकिने किट

भाद्र ११, एजेन्सी । स्वास्थ्य उपकरण बनाउने कम्पनी लुमिराडीएक्सले १२ मिनेटमा कोरोना परीक्षण गर्न सकिने टेस्ट किट बनाएको छ । केन्द्रीय कार्यालय लन्डनमा रहेको लुमिराडीएक्सले बनाएको यो टेस्ट किट सजिलो र भरपर्दो रहेको दाबी गरिइएको छ । अहिले स्वाब टेस्टबाट कम्तिमा ९० मिनेटमा नतिजा आइरहेकोमा यो टेस्ट किटले १२ मिनेटमा नै नतिजा दिने दाबी गरिएको छ ।

केन्द्रीय कार्यालय लन्डनमा रहेको लुमिराडीएक्सले बनाएको यो टेस्ट किट सजिलो र भरपर्दो रहेको दाबि गरिएको छ । यस टेस्ट किटलाई अमेरिकाको फेडरल ड्रग्स एड्मिनिस्ट्रेसनले अनुमति दिइसकेको छ भने युरोपमा भने अनुमतिको अन्तिम चरणमा रहेको बताइएको छ ।

यसलाई स(साना क्लिनिक र मोबाइल टेस्टमा समेत सजिलै प्रयोग गर्न सकिने बताइएको छ । स्कटल्याण्डले लुमिराडीएक्ससँग ५ लाख परिक्षणका लागि ३ सय टेस्ट किट मेशिनको सम्झौता गरेको छ ।