२ किलोमा सुखा पहिरो,मुग्लिन-नारायणगढ सडक अवरुद्ध

भाद्र ११, चितवन । बिहानै सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान करिब ६ बजेतिर सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको हो।

पहिरोका कारण सडक दुइतर्फी अवरुद्ध भएको छ। पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम गर्न नसकिने ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।