काेराेना प्रभाव: बेरोजगारी बढ्दो, काम गर्ने समय घटाउन फिनल्यान्डकी प्रधानमन्त्रीको प्रस्ताव

भाद्र ११, एजेन्सी । फिनल्यान्डकी प्रधानमन्त्री सना मेरिनले बढ्दो बेरोजगारीका बीच काम गर्ने समयलाई घटाएर ६ घण्टा बनाउन प्रस्ताव गरेकी छन् ।
मेरिनले देशभरको कर्मचारीको जीवनमा कोरोनाको असर परेको र सबै कर्मचारीको जीवनस्तरमा सुधार ल्याउनको लागि काम गर्ने समय घटाउन प्रस्ताव राखेकी हुन् ।
सोमबार सोसल डेमोक्रेटिक पार्टी समक्ष वाचन गर्दैगर्दा उनले उत्पादकत्व बढाइ काम गर्ने समय कटौति गर्न सकिने तर्क गरेकी हुन् । सो प्रस्ताव पारित गराउन मेरिनले चार अन्य पार्टीबाट स्वीकृति हासिल गर्नुपर्ने हुन्छ । कोभिड–१९ का कारण देशमा बढ्दो बेरोजगारीका बीच यो कदमले सबैलाई हौसला दिने विशवास राखेकी छन् ।
“देशभरका कर्मचारीहरुको कार्य जीवनमा सुधार ल्याउन स्पष्ट दष्टिकोणको आवश्यकता छ र यसमा पहिलो स्थिर कदम भनेको उनीहरुको काम गने समय छोटो बनाउनु हो ।” मेरिनले भनेकी छन् । मेरिन विश्वकै सबैभन्दा कान्छि प्रधानमन्त्रीका रुपमा चर्चित छिन् ।

प्रतिकृया दिनुहोस्