उपत्यकामा ३ सय १ जनामा संक्रमण, काठमाडौंमा मात्र २ सय ३० थपिए

भाद्र १०, काठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय १ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय १ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमाडौंमा मात्र २ सय ३० संक्रमित थपिएका छन् भने ललितपुरमा ४७ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा २४ जना संक्रमित देखिएका छन् ।

प्रतिकृया दिनुहोस्