सुनको मूल्य बुधबार तोलामा ४ सय घट्याे

भाद्र १०, काठमाडाैं । सुनको मूल्य बुधबार तोलामा ४ सय घटेको छ । मंगलबार नेपाली बजारमा ९७ हजार २ सयमा कारोबार भएको सुन आज घटेर ९६ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन तोलाको ९६ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको छ ।
त्यस्तैगरी चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १३१० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्