बारामा मृत्यु भएका चार जनामा कोरोना संक्रमण पुष्टि
![](https://silautitimes.com/wp-content/uploads/2020/08/corona-death-1-2.jpg)
भाद्र १०, बारा । बारामा एकै दिन मृत्यु भएका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न रोगको उपचारका क्रममा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको होे ।
कोरोना पुष्टि भएपछि उनीहरुलाई वीरगञ्जस्थित कोभिड अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय,बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
मृत्यु हुनेहरुमा बारा जिल्लाको सूवर्ण गापा ४ पर्शुरामपुरका भुपलाल प्रसाद यादव र महागढिमाई नगरपालिका ४ का गेनालाल प्रसाद साह रहेका छन् । दुवै जनाको हिजो विहान मृत्यु भएको हो ।
यसै गरी गएराति पनि दुई जनाको मृत्यु भएको छ । विश्रामपुर १ छतवाका अशोककुमार यादव र कलैया उपमहानगर १ निवासी विश्वनाथ प्रसाद जयसवालको मृत्यु भएको हो । उनीहरुसमेत विभिन्न रोगका कारण उपचारका लागि भर्ना भएका थिए ।
विरामीको लक्ष्यण कोरोनासँग मिल्दोजुल्दो देखिएपछि हिजो उनीहरुको पीसीआर परीक्षण गरिएको थियो । दुवैको रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुको थप उपचारका लागि गण्डकस्थित कोभिड अस्पतालमा उपचाररत उनीहरुको गएराति करिव १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
मृतक सवैको शव अस्पतालमा रहेको र शव व्यवस्थापनका लागि पहल भइरहेको समेत बारा प्रहरीले जनाएको छ । योसँगै बारामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ ।
![](https://khasakhabar.com/wp-content/plugins/ajax-load-more/core/img/placeholder.png)
प्रतिकृया दिनुहोस्