बलात्कार आरोपमा दुई जना पक्राउ
भाद्र १०, काँकडभिट्टा । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ अर्जुनधारा नगरपालिकाकी किशोरीलाई बलात्कार गरेको आरोपमा अर्जुनधारा–७ मा बस्दै आएका गौरादह नगरपालिकाका २२ वर्षीय अशोक दर्जी र कमल गाउँपालिकाका २४ वर्षीय विक्रम हास्दालाई प्रहरीले पक्राउ गरेको हो ।
शनिश्चरे बजारबाट घर जाँदै गरेकी किशोरीलाई टाङटिङ खोला किनारको जंगलमा लगेर बलात्कार गरिएको पीडितको बयान उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार किशोरीको स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ । यसअघि उनको अर्जुनधाराकै शंकर हस्पिटलमा प्राथमिक उपचार गरिएको थियो । पक्राउ परेका युवकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखिएको छ ।
प्रतिकृया दिनुहोस्