सीपीएल: सन्दीपको शानदार बलिङ
काठमाडौं – क्यारेवियन प्रिमियर लिग (सीपीएल)मा जमैका तालावाजले दोस्रो जित हात पारेको छ ।
नेपाली युवा खेलाडी सन्दीप लामिछाने आवद्ध जमैका तालावाजले आज विहान भएको गुयाना अम्याजन वारियर्सविरुद्धको खेलमा पाँच विकेटको जित हासिल गरेको हो ।
जारी सीपीएल अन्तर्गत सन्दीपले हालसम्म शानदार प्रदर्शन जारी राखेका छन् । उनी आवद्ध जमैका ४ खेलमध्ये २ खेलमा पराजति भए पनि सन्दीपको प्रदर्शन भने प्रशंसनीय रहेको छ ।
आजको खेलमा उनले चार ओभरमा १२ रन मात्रै दिएर एक विकेट लिए । उनले पहिलो पटक कुनै पनि बाउन्ड्रि खाएनन् ।
यसअघिका तीन खेलमा सन्दीपले पहिलो खेलमा एक विकेट लिएका थिए भने दोस्रो खेलमा पनि एक विकेट हात पारेका थिए ।
यस्तै तेस्रो खेलमा उनले २ विकेट लिएका थिए । उनले यो सिजन जारी रहँदा अहिलेसम्म चार खेलमा ७२ रन खर्चिएर पाँच विकेट लिन सफल भएका छन् ।
प्रतिकृया दिनुहोस्