महोत्तरीमा थप दुई कोरोना संक्रमितको मृत्यु

भाद्र ९, महोत्तरी । महोत्तरीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार (आज) मनरा सिस्वा नगरपालिका वडा नम्बर ५ बस्ने ७५ वर्षीय एक पुरुषको उपचारको लागि जिल्ला अस्पताल जलेश्वर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

क्यान्सर रोगीसमेत रहेका उक्त पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि जलेश्वरस्थित आइसोलेशन ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै, बलवा नगरपालिका वडा नम्बर ३ बस्ने ६६ वर्षीय एक पुरुषको समेत मृत्यु भएको छ । उनी लामो समयदेखि ढाडको समस्याले पीडित थिए ।