काेराेनाविरूद्ध ‘प्लाज्मा थेरापी’लाई अमेरिकामा स्वीकृति

भाद्र ८, एजेन्सी । अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोना भाइसरस संक्रमित बिरामीमा प्लाज्मा थेरापी उपचार पद्धतिलाई स्वीकृति दिएको छ । गम्भीर अवस्थामा पुगेका विरामीमा आपतकालीन उपचारका लागि उक्त पद्धति अवलम्बन गर्न स्वीकृति दिएकाे हाे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबारको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले प्लाज्मा (रगत) दान गर्न समेत काेराेनाबाट निकाे भइसकेकाे स्वस्थ व्यक्तिहरूसँग अपिल पनि गरेका छन् । ट्रम्पले प्लाज्मा थेरामीमार्फत् कोरोनाकाे मृत्यु दरलाई ३५ प्रतिशतसम्म कम गर्न सकिने अनुसन्धानबाट पत्ता लागेको बताउँदै प्लाज्मा दान गर्न  अपिल गरेका हुन् ।

अमेरिकामा अहिले कोरोनाविरुद्धका खोप पनि परीक्षणमा छन् । ट्रम्पले ती खाेप चाँडै तयार हुने आशा पनि व्यक्त गरेका छन् । एफडीएले कोरोना संक्रमणबाट निको भइसकेकाहरुको प्लाज्मामार्फत्  अमेरिकामा ७० हजारभन्दा बढी संक्रमितको उपचार गरिसकेको जनाएको छ ।