काठमाडौंमा कोरोनाबाट थप २ जनाको मृत्यु

भाद्र ७, काठमाडाैं । कोरोना भाइरस संक्रमणको कारण काठमाडौँ उपत्यकामा थप दुई जनाको मृत्यु भएको छ । नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा एक जना र ह्याम्स अस्पताल मण्डिखाटारमा एक कोरोना संक्रमितको मृत्यु भएको हो ।नेपाल मानव अंग प्रत्यारोपण केन्द्रमा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना संक्रमित ५४ वर्षीय पुरुष रहेका छन् । मिर्गौलाको समस्या भएका उनलाई आइतबार मात्रै उपचारको लागि मानव अगं प्रत्यारोपण केन्द्रमा भर्ना गरिएको थियो ।

यस्तै ह्याम्स अस्पतालमा मृत्यु हुनेमा ५८ वर्षीय पुरुष रहेका छन् । पत्थरीको बिरामी रहेका उनलाई ३२ साउनमा अस्पतालमा भर्ना गरिएको थियो ।

शव व्यवस्थापनका लागि नेपाली सेनाको श्री युद्ध कवच गण सितापाईलाका प्रमुख सेनानी देवेन्द्र खड्काको नेतृत्वको टोलीले गर्ने छ । यस्तै रुपन्देहीमा बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।