स्वास्थ्यकर्मीलाई प्रादेशिक अस्पताल झिकाइयो

जनकपुरधाम – धनुषा जिल्लाको गङ्गुली क्वारेन्टाइनमा सङ्क्रमितको परीक्षण चिकित्सकले नगरी सरसफाइ सहयोगीबाट गराइएको घटना सन्दर्भमा क्वारेन्टाइनका चिकित्सक टोलीलाई प्रादेशिक अस्पताल जनकपुरधाम झिकाइएको छ ।

कोभिड­१९ का धनुषा संयोजक डा जामुनप्रसाद सिंहका अनुसार सङ्क्रमितलाई सरसफाइ सहयोगीले परीक्षण गरेको घटनामा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मी टोलीलाई प्रादेशिक अस्पताल झिकाइएको छ । उहाँले भन्नुभयो, “घटना सन्दर्भमा सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको छ, सो बारेमा सत्यतथ्य छानबिन गरी थप विवरण २४ घण्टाभित्र सार्वजनिक गरिनेछ ।

” रिक्त भएको स्वास्थ्यकर्मी टोलीको ठाउँमा नयाँ टिम आजै पठाइने जनाइएको छ ।