December 5, 2024, Thursday
२०८१ मंसिर २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

डब्ल्यूएचओद्वारा बालबालिकाका लागि मास्क लगाउने नयाँ नियम जारी

भाद्र ७, एजेन्सी । विश्व स्वास्थ्य संठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस महामारीबाट बँच्न १२ वर्षभन्दा माथिका बालबालिकाका लागि मास्क लगाउने विषयमा नयाँ नियम जारी गरेको छ । उसले वयस्कका लागि जुन देशमा जे-जस्तो नियम लागू गरिएको छ,  १२ वर्षमाथिका बालबालिकाका लागि पनि साेही नियम लागू गर्नुपर्ने निर्देशन दिएको हाे ।

डब्ल्यूएचओका मुख्य स्वास्थ्य अधिकारीहरूले किशोर–किशोरी वा युवायुवतीले झैं बालबालिकाहरूले पनि त्यति नै मात्रा भाइरस फैलाउने सम्भावना भएकाले उनीहरूका लागि पनि मास्क अनिवार्य गर्नुपर्ने नियम जारी गरेकाे बताए ।

बिबिसीका अनुसार डब्ल्यूएचओले ५ वर्ष र त्योभन्दा कम उमेरका बालबालिकाले भने मास्क लगाउन नहुने बताएको छ । साथै ६ देखि ११ वर्षका बालबालिकालाई मास्क लगाउन र फुकाल्न परिवारले मद्दत गरिदिनुपर्ने तथा स्थान हेरेर उनीहरुको हेरविचार समेत गरिदिनु पर्ने आग्रह गरेको छ ।

डब्ल्यूएचओले ६० वर्षभन्दा कम उमेरका स्वस्थ मानिसले कपडाको मास्क लगाए पुग्ने बताएकाे छ । तर त्योभन्दा धेरै उमेर भएका र अन्य असाध्य राेग वा दीर्घ रोगबाट ग्रसित व्यक्तिहरुले भने मेडिकल मास्क नै लगाउनुपर्ने जानकारी समेत स्वास्थ्य अधिकारीहरूले दिएका छन् ।