भारतमा एकैदिन ७० हजार बढीमा काेराेना पुष्टि
भाद्र ७, काठमाडाैं । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।
भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितकाे संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । आज पनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च छ । कोरोनाले आक्रान्त अमेरिका, ब्राजिल, बेलायत लगायतका देशमा भन्दा गएको २४ घण्टामा भारतमा धेरैले संक्रमित फेला परेकाे वल्डओमिटरले जनाएकाे छ ।
बिहीबार भारतमा एकैदिन ७० हजार ६८ जना नयाँ संक्रमित फेला परेकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले देखाएकाे छ । जुन अन्य देशकाे भन्दा सर्वाधिक दैनिक संक्रमित संख्या हाे । शनिबर त्यहाँ काेराेनाबाट ९ सय ८१ जनाकाे मृत्यु भएकाे छ ।
यससँगै अहिलेसम्म भारतमा काेराेना संक्रमित हुनेकाे संख्या ३० लाख ४३ हजार ४३६ पुगेकाे छ । ज्यान गुमाउनेकाे कुल संख्या ५६ हजार ८६४ रहेकाे छ भने निकाे हुनेकाे संख्या २२ लाख ७९ हजारभन्दा बढी रहेकाे छ । अहिले ७ लाख ६९ हजारभन्दा बढीमा काेराेना भाइरस सक्रिय रहेकाे छ ।
भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो । भारत सरकारले जुन ८ मा लकडाउन घोषणा गरेको थियो । त्यतिबेलासम्म भारतमा संक्रमितको संख्या ५ सयको हाराहारीमा थियो ।
धेरै जनसंख्या र जनघनत्व भएका सहरहरू धेरै भएकाले भारत कोभिड–१९ को केन्द्रबिन्दु बन्न सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् ।
प्रतिकृया दिनुहोस्