भारतको राष्ट्रिय झण्डा च्यात्ने युवा प्रहरी नियन्त्रणमा
रणघाट – भारत, ४ भदौ भारतको राष्ट्रिय झण्डा च्यातेको आरोपमा भारतमा एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
देशको पश्चिम बंगाल राज्य अन्तर्गत पर्ने नाडिया जिल्लाबाट ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बिहीबार जनाएको छ । धन्तला प्रहरी चौकीका प्रहरीले बुधबार चन्चल विश्वास नाम गरेका व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
भारतमा राष्ट्रिय झण्डा च्यात्ने वा नष्ट गर्ने कार्यलाई कानुन अनुसार दण्डनीय मानिन्छ ।
![](https://khasakhabar.com/wp-content/plugins/ajax-load-more/core/img/placeholder.png)
प्रतिकृया दिनुहोस्