आज थप ६८१ जनामा कोरोना संक्रमित

काठमाडौं- नेपालमा बुधलबार थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । संक्रमित मध्ये २१६ जना महिला र ४६५ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार ११ हजार १ सय १८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ५२२ जनाको कोरोना परीक्षण गरिएको थियो ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा ओखलढुंगाका एकजना महिला, झापाका १६ जना पुरुष र पाँचथरका पुरुष, मोरङका २८ जना महिला र ४१ जना पुरुष, सुनसरीका ५ जना महिला र ३१ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ७ जना महिला र २१ जना पुरुष, पर्साका ३४ जना महिला र ७४ जना पुरुष, बाराका ५ जना महिला, १० जना पुरुष, महोत्तरीका ३ जना महिला र ९ जना पुरुष, रौतहटका एकजना महिला र ३ जना पुरुष, सप्तरीका १३ जना पुरुष, सर्लाहीका ४ जना महिला र १५ जना पुरुष, सिरहाका ४ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ४५ जना महिला र ८९ जना पुरुष , चितवनका १५ जना महिला र ९ जना पुरुष, धादिङका एकजना पुरुष, भक्तपुरका २ जना महिला र ६ जना पुरुष, ललितपुरका ७ जना महिला र १० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ५ जना पुरुष, गोरखाका एक महिला र २ जना पुरुष, तनहुँका ४ जना पुरुष, नवलपरासी पूर्वका २ महिला र १० जना पुरुष, लमजुङका ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका एकजना महिला र ५ जना पुरुष, दाङका ३ जना पुरुष, नवलपरासी पश्चितमका एक महिला, पाल्पाका एकजना पुरुष, प्युठानका २ जना पुरुष, बर्दियाका २ जना पुरुष र बाँकेका ८ महिला र १० जना पुरुष र रुपन्देहीमा २३ महिला र २९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा जुम्लाका २ जना महिला र ७ जना पुरुष, डोल्पाका एकजना पुरुष, दैलेखमा एकजना महिला र ३ जना पुरुष, सल्यानका ५ जना महिला र १२ जना पुरुष, सुर्खेतका ७ जना महिला र ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ३ जना पुरुष, कैलालीका २ जना महिला र एकजना पुरुष, डोटीमा २ महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।