अछाम बाढी अपडेटः बेपत्ता १७ मध्ये ६ जनाको शव भेटियो

अछाम- अछामको कैलाशखोलामा आएको बाढीले बगाएर बेपत्ता भएका १७ जनामध्ये ६ जनाको शव भेटिएको छ । ११ जना अझै बेपत्ता छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार मंगलबार राति आएको बाढीमा बेपत्ता भएका ६ जनाको शव भेटिएको हो । उनीहरुको सनाखत हुन बाँकी रहेको उनले बताए ।

रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका कम्तीमा पनि ३० पसलहरु बाढीले बगाएको छ ।