December 5, 2024, Thursday
२०८१ मंसिर २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

प्रेस काउन्सिलको सचिवालय बन्द

भाद्र २, कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा प्रेस काउन्सिलको सचिवालय बन्द भएको छ । काउन्सिलका सूचना अधिकारी दीपक खनालले विज्ञप्ति सार्वजनिक गर्दै शुक्रबारसम्म कार्यालय बन्द रहने जानकारी दिएका हुन् । 

सूचना अधिकारी खनालका अनुसार काउन्सिलमा कार्यरत कर्मचारी र आन्तरिक अडिटरलाई समेत ज्वरो आउने, खोकी लाग्ने लक्षण देखिएपछि शुक्रबारसम्म बन्द गर्ने निर्णय मंगलबार बसेको काउन्सिल बोर्ड बैठकले गरेको हो । कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब दिइएको र रिपोर्ट नआउँदासम्मका लागि कार्यालय बन्द भएको विज्ञप्तिमा उल्लेख छ । 

कार्यालय बन्द भए पनि उजूरी अनलाइनबाट लिइने उनको भनाइ छ । आचारसंहिताको अनुगमन भने निवासबाटै हुने खनालले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।