November 14, 2024, Thursday
२०८१ कार्तिक ३०, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

९ जना सुरक्षाकर्मी सहित पर्सामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

भदाै २, वीरगन्ज । पर्सामा थप ५५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । वीरगञ्जको नारायणी अस्पतालले गरेको पीसीआर परीक्षणमार्फत् पर्सामा ५५ जना कोरोना संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमित हुनेमा १ जना महिला प्रहरीसहित ९ जना सुरक्षाकर्मी पनि रहेका छन् । जसमा वडा प्रहरी कार्यालय बिर्ता र श्रीपुरका २-२ जना सुरक्षाकर्मी  तथा वीरगञ्ज महानगरपालिकाको पानीटंकी, इर्नवा, श्रीपुर, बहुअरीमा एक-एक जना सुरक्षाकर्मी रहेका छन् ।

हाल पर्साको ग्रामीण भेगमा पनि कोरोना संक्रमणका रोगीहरु फेला पर्न थालेका छन् । जिल्ला जनस्वास्थ्य कार्यलय पर्साका स्वास्थ्य निरिक्षक जयमोद ठाकुरका अनुसार पर्साको ग्रमीण भेग अहिले उच्च जोखिममा रहेको छ । पर्साको बहुदरामाई नगरपालिका, पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका, जगरनाथपुर नगरपालिका, छिपहरमाई गाउँपालिका, पर्टेवासुगौली गाउँपालिका लगायतका स्थानमा संक्रमितहरु बढ्दै गएको स्वास्थ्य निरिक्ष ठाकुरले बताए ।

पर्सामा कोरोनाको सफल उपचारपछि हाल ३०० जनाभन्दा बढी निकाे भएर घर फर्केका छन् । अहिलेसम्म पर्साका २१ जनाले ज्यान गुमाइसकेका छन् ।