नेकपा सचिवालय बैठक: अध्यक्षद्वयले बनाएकाे कार्यदल अनुमोदन

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले  निर्माण गरेको कार्यदल अनुमोदन गरको हो।

आज बसको सचिवालय बैठकले कार्यदल अनुमोदन गरेको हो। समस्याको समाधान र संकट समाधानको बिषयलाई व्यवस्थित रुपमा अगाडि बढाउने बारेमा छलफल जारी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘अध्यक्षद्वय निर्माणका गरेको कार्यदल सकारात्मक रुपले लिएको छौँ आजको बैठकले कार्यदल गठनलाई अनुमोदन गरेको छ’ उनले भने, ‘कार्यदलले आज पार्टी र सरकार सक्षम हुने गरि सुझाव दिन सक्नेगरी सुझाव दिन्छ।’ कार्यदललाई प्रतिवेदन बुझाउन छिटो भनिए पनि मिति नतोकिएको उनले बताए ।

कार्य दल प्रभावकारी ढंगबाट अघि बढाउन र सचिवालयबाट अनुमोदन गर्न पर्ने भन्नेबारे सुझाव आएको बताए। कार्यदलले उहाँहरुलाई प्रतिवेदन बुझाउने हो । तर, व्यवस्थित गर्न कार्यदल अनुमोदन गराएका हौँ उनले भने, ‘पार्टीभित्रको विवाद समाधान गरेर महाधिवेशनमा जाने पक्षमा छौँ। कार्यदलको सुझावपछि अघि बढ्छौँ। त्यसबारेमा छलफल हुन्छ ।