बारामा आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा लागु

बारा- बारामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू गरिएको छ ।

बिहान ५ बजेदेखि अत्यावश्यकबाहेक घरको कम्पाउन्डमा समेत निस्कन नपाइने गरी निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाए ।

उनले आइतबारै जारी गरेको विज्ञप्तिअनुसार अब अर्काे सूचना जारी नभएसम्म औषधि पसल मात्रै २४  घण्टा खुल्ने तर अन्य अत्यावश्यक सामग्री खाद्यान्न, ग्यास, इन्धन, दूध डेरी, तरकारीका पसलसमेत बिहान ८ बजेसम्म मात्र खुला राख्न पाइनेछ।

अत्यावश्यक कामबाहेक निषेधाज्ञा अवधिमर आफ्नो घरको कम्पाउन्डमा समेत निस्कन नपाइने विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी भारतसँग जोडिएका सीमानाकाहरुमा भदौ मसान्तसम्म आवतजावत पूर्णरुपमा बन्द गरिने भएको छ ।