कुटपिटबाट गर्भमै सात महिनाको शिशुको मृत्यु
रोल्पा– रोल्पाको रुन्टिगढी गाउँपालिका–३ मा श्रीमान्को कुटाइबाट गर्भमा रहेको सात महिने शिशुको शनिबार मृत्यु भएको छ ।
कुटाइबाट गम्भीर घाइते महिलाको स्वास्थ्यचौकी मसिनामा उपचारका क्रममा सात महिनाको मृत शिशु जन्मिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शङ्कर खड्काले जानकारी दिए ।
रुन्टिगढी–३ भोर्नाका २३ वर्षीया कुले विकको कुटाइबाट २० वर्षीया पत्नी कुमारी विक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । महिलाको टाउको र शरीरमा गम्भीर चोट लागेको बताइएको छ ।
घाइते महिलाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । श्रीमती कुटपिट गर्ने कुले विकलाई इलाका प्रहरी कार्यालय होलेरीले पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस्