कालिकोटमा पहिरोमा परी ६ जनाको मृत्यु
कालीकोट- कालिकोटको महाबै गाउँपालिका–३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको ज्यान गएको छ ।
गए रातिको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा परिवारका ६ जनाको मृत्यु भएको हो ।
पहिरोले घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र दाजु डिलबहादुर विष्टका दुई छोरी गरी ६ जनाको ज्यान गएको कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिएका छन् ।
स्वकीय सचिव सिंहले आफू घटनास्थलमा नै भएको र उद्धारमा लागिरहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्