कर्णाली प्रदेशमा थपिए १८ जना कोरोना संक्रमित

सुर्खेत– कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका कर्णाली प्रदेशले एक विज्ञप्ति मार्फत थप १८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १८ जनामा कोरोना पुष्टि भएको हो ।

सुर्खेतको घण्टाघर क्षेत्रबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा १८ जना संक्रमित भेटिएका हुन् ।