समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि बुटवलमा भदौ ५ सम्म लकडाउन
बुटवल– कोरोना संक्रमण फैलिन थालेपछि बुटवल उपमहानगरपालिकाले बुटवल नगरक्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।
प्रदेश ५ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको उपस्थितिमा बुधबार भएको उपमहानगरको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले बिहीबार राति ११.४५ बजेदेखि आगामी भदौ ५ गते राति ११.४५ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
उपमहानगरका मेयर शिवराज सुवेदीको अध्यक्षतामा भएको उक्त बैठकमा सुरक्षा निकायका र राजनीतिक दलका प्रतिनिधिहरु समेत सहभागी थिए ।
उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माका अनुसार बैठकले बुटवलबाट बाहिर जाने र बुटवल भित्रिनेहरूका लागि २४ घण्टाको समय दिएको छ ।
लकडाउन अवधिमा अत्यावश्यक सेवाका क्षेत्रहरूमात्र खुला रहनेछन् । खाद्यान्न, दुध तथा तरकारी ढुवानी र बिक्री खुला रहनेछ ।
लकडाउन अवधिमा सार्वजनिक, निजी तथा सरकारी सवारीका साधनसमेत अत्यावश्यकबाहेक चलाउन पाइने छैन ।
प्रतिकृया दिनुहोस्