भारतका पूर्वराष्ट्रपति मुखर्जी कोमामा
एजेन्सी – भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा गएका छन् । दिल्लीस्थित सैनिक अस्पताललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले मुखर्जी कोमामा गएको उल्लेख गरेको छ ।
केही दिनदेखि अस्पतालमा उपचाररत मुखर्जीको ’भाइटल प्यारामिटर’ भने स्थिर रहेको बताइएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार नआएको र भेन्टिलेटरमै उपचार भएको पनि अस्पतालले जनाएको छ ।
पूर्वराष्ट्रपति मुखर्जीलाई सोमबार सैनिक अस्पतालमा भर्ना गरिएको थियो । मस्तिष्कको सर्जरी गर्नुभन्दा पहिले गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिकृया दिनुहोस्