काठमाण्डौँमा कोरोनाको जोखिम बढ्दो, गरियो कलंकी क्षेत्र सिल

काठमाडौं –  काठमाडौंको कलंकी क्षेत्र कोरोनाभाइरस संक्रमणको जोखिम बढेपछि  सील गरिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १४ मा कोरोनाभाइरसको संक्रमण बढेपछि कलंकीमा अत्यावश्यक बाहेकका पसलहरू बन्द गरिएको छ । 

स्थानियवासी, स्थानीय क्लब,  वडा कार्यालय र प्रहरीको समन्वयमा कलंकी क्षेत्रमा खाद्यान्न, औषधिलगायत अत्यावश्यकीय बाहेकका पसलहरू बन्द गरिएको हो । 

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढिरहँदा विभिन्न स्थानलाई सिल गरिन थालिएको छ । कोटेश्वर, न्यूरोड, महाबौद्धलगायतका क्षेत्र पनि सिल गरिएको छ ।