मकवानपुरमा ३७ जनामा कोरोना पुष्टि
हेटौंडा – मकवानपुरमा ३७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परिक्षणमा १० जना प्रहरीसहित ३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमित हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका १८ जना र १० जना प्रहरी रहेका छन् ।
त्यस्तै भीमफेदी गाउँपालिकाका ३ जना, थाहा नगरका २ जना, बकैया गाउँपालिकाका २ जना, चितवन घर भएका १ जना र काठमाडौ घर भएका एक जना रहेका छन् ।
प्रतिकृया दिनुहोस्