नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९१ पुग्यो
काठमाडौं- नेपालमा बुधबार थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।
यसअघि मंगलबार थप ४ जनाको कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो ।
डा गौतमका अनुसार मंगलबार काठमाडौंको किष्ट मेडिकल कलेजमा उपचारत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो।
धनुषा मिथिला बिहारीका ५० वर्षीय एक पुरुषको निधन भएको थियो । सिन्धुपाल्चोक बाह्रबिसेका एक महाराजगन्जमा एक पुरुषको मृत्यु भएको थियो ।
यसैगरी प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत ६० वर्षे पुरुषको पनि कोरोनाले मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनी विदेह नगरपालिका–८ का रहेको मन्त्रालयले जनाएको थियो।
यसअघि सोमबार थप चार जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

प्रतिकृया दिनुहोस्