कुवेतमा धेरै नेपालीको रोजगारी गुम्ने खतरा
दोहा – कुवेत सरकारले संसदीय मानव संसाधन विकास समितिसँगको बैठकले जनसांख्यिकीय असंतुलनलाई सम्बोधन गर्न पूर्ण योजनाको रूपरेखा तयार गरेको छ ।
यस समितिलाई सामाजिक मामिला मन्त्री र आर्थिक मामिला राज्यमन्त्री मरियम अल-अकीलले प्रतिनिधित्व गरेका थिए भने समितिले यस हप्ताको अन्त्यसम्ममा प्रतिवेदन पेश गर्ने जनाएको छ ।
समितिले तयार पारेको प्रतिवेदनमा कुवेत सरकारले करिव ३ लाख ६० हजार आप्रावासि कामदारहरुलाई हटाउने तयारी गरेको छ । जस्मा अवैधानिक रूपमा बसेका १ लाख २० हजार आप्रबासी श्रमिकलाई हटाउने तयारी गरेको छ ।
यस्तै सीप नभएका १ लाख ५० हजार तथा ६० बर्ष भन्दा माथिका ९० हजार आप्रबासी काममदार रहेको जनाईएको छ । मध्यम र दीर्घकालीन समस्या समाधानका सवालमा जनसांख्यिकीय असन्तुलनलाई सम्बोधन गर्न सरकारले रणनीतिक दिशा निर्देशन र कार्यक्रमहरू तय गरेको जनाएको छ ।
कुवेत सरकारले गरेको यो निर्णयसँगै हजारौ नेपालीको रोजगारी गुम्ने खतरा बढेर गएको छ ।

प्रतिकृया दिनुहोस्