२३ जना खेलाडीसहित २९ जनाको कोरोना परीक्षण गरियो
काठमाण्डौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३४ जना खेलाडीसहित ५४ जनाको कोरोना परीक्षण गराएको छ । मंगलबार एन्फाले पाटन अस्पतालमा २३ जना खेलाडीसहित २९ जनाको कोरोना परीक्षण गराएको हो ।
सोमबार ११ खेलाडीसहित २५ जनाको कोरोना परीक्षण गरिएको थियो । अब बाँकी १६ जनाको कोरोना जाँच केही दिनमा हुने टिम व्यवस्थापक मधुसुधन उपाध्यायले बताए ।
फिफा विश्वकप छनोट २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तरगत संयुक्त छनोटको बाँकी खेलका लागि एन्फाले अभ्यास सुरु गर्नु पहिले एन्फाले कोरोना जाँच गराएको हो ।
एन्फाले फागुनमा विश्वकप छनोटको अभ्यास सुरु गरेको थियो । तर, कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले खेल गतिविधि बन्द गर्न भनेपछि स्थगित भएको थियो ।

प्रतिकृया दिनुहोस्