चितवन र कपिलवस्तुमा थप १३ जनामा कोरोना पुष्टि

काठमाडौं – चितवनस्थित भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा १३ जना कोरोना संक्रमित थपिएका छन्। 

थपिनेमा चितवन भरतपुरका तीन जना र बाँकी सवै रुपन्देही जिल्लाका रहेका छन्। चितवनका दुइ पुरुष र एक महिलामा कारोना संक्रमण पुष्टि भएको छ भने रुपन्देहीका आठ पुरुष र दुई महिलामा संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ। 

संक्रमण पुष्टि हुनेमा २१ बर्षदेखि ७५ वर्षसम्मका रहेका छन्।