उपत्यकामा आज थप ४४ जनामा कोरोना पुष्टि

काठमाडौँ — आज काठमाडौं उपत्यकामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ३६ जना, ललितपुरका ४ जना र भक्तपुरका ४ जनामा थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

सोमबार देशभरमा भने ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार४९३ पुगेको छ ।