विश्वभर कोरोना अपडेटः संक्रमितको संख्या २ करोड भन्दा बढी पुग्यो
काठमाडौं – विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड भन्दा बढी पुगेको छ ।
कोरोनाको महामारीले सोमबार यो समाचार तयार पार्दासम्म २ करोड १६ हजार ३२६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
एकै दिन २ लाख १९ हजार ३५३ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ७८३ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ३३ हजार ५९२ पुगेको छ ।
१ करोड २८ लाख ९२ हजार ७४ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६ हजार १३९ जनाको मृत्यु भएको छ । ३० लाख ३५ हजार ९९७ जना संक्रमित भएकोमा १८ लाख २४ हजार ५७१ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ३४ हजार ५२३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६१ लाख १५ हजार ५७१ पुगेको छ । त्यसमध्ये ३२ लाख ६० हजार ४३८ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा १ लाख ९ हजार ६०० जनाको मृत्यु भएको छ । ५० लाख ३९ हजार ७४६ जना संक्रमित भएकोमा ३८ लाख १० हजार ८१३ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५९ हजार ४४८ जनाको मृत्यु भएको छ । ४७ लाख ४२ हजार ४४८ जना संक्रमित भएकोमा ३२ लाख ४० हजार ८८४ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा १० हजार ४०८ जनाको ज्यान गएको छ भने १० लाख ५१ हजार ८२१ संक्रमित छन् । संक्रमितमध्ये ७ लाख ३६ हजार ६२८ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४१२ जनाको मृत्यु भएको छ ।
![](https://khasakhabar.com/wp-content/plugins/ajax-load-more/core/img/placeholder.png)
प्रतिकृया दिनुहोस्