पार्टी एकता कायम राख्न शीर्ष नेतालाई नेकपा सांसदको दबाब
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदहरुले पार्टी एकता जोगाउनमा जोड दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुषकमल दाहाल प्रचण्ड र बरिस्ठ नेता माधवकुमार नेपालको शक्ति संघर्षको कारणले पार्टी विभाजनको अवस्था पुगेपछि सांसदहरू एकताको पक्षमा उभिएका हुन्। पार्टी एकता कायम राख्न शीर्ष नेताहरूलाई दबाब दिन हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको सांसद विशाल भट्टराईले बताए। ‘हामी पार्टी एकताको पक्षमा छौँ’, उनले भने, ‘त्यसैले हस्ताक्षर अभियानबाट नेतृत्वलाई दबाब दिइरहेका छौँ।’ त्यही बिषयमा जानकारी दिन अहिले सिंहदरबारमा पत्रकार सम्मेलन भइरहेको छ।
उक्त पत्रकार सम्मेलनबाट नेतृत्वलाई दबाब दिने रणनीति सांसदहरुले बनाएका छन्। पत्रकार सम्मेलनपछि पार्टी नेतृत्वलाई हस्ताक्षर बुझाउने कार्यक्रम रहेको समेत उनले जनाए। पार्टीभित्रको विवादले फुटको संघारमा पुगेको बेलामा यसअघि पनि दोस्रो र तेस्रो तहका नेताहरूले एकता जोगाइराख्न नेतृत्वलाई दबाब दिएका थिए।
प्रतिकृया दिनुहोस्