आज थप ४६४ जनामा कोरोना पुष्टि

काठमाडौं- नेपालमा शुक्रबार थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार २१४  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

विहीबार संक्रमितको संख्या २१ हजार ७५० थियो । हालसम्म ६ हजार ३३० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।