नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव भेटियाे
साउन, कैलाली । मोहना नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव फेला परेको छ ।
आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका धनगढी उपमहानगरपालिका-१३ श्रीलङ्काका १५ वर्षीय सन्दीप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव मङ्गलबार फेला परेको हो ।
‘बगेको स्थानबाट झन्डै डेढ किलोमिटर पर दुवै जनाको शव फेला परेको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।
प्रतिकृया दिनुहोस्