जनकपुरधाम उपमहानगरपालिकामा एक हप्तासम्मका लागि निषेधाज्ञा
साउन १९, धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा आज राति १२ बजेदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईकाअनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको हो ।
राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरुबाहेक अरु सेवा २६ गतेसम्मका लागि बन्द गरिएको उपमहानगरपालिकाका प्रमुख लालकिशोर शाहले बताउनुभयो ।
यसैबीच मोरङ विराटनगरको न्यूरो अस्पतालले आकस्मिक र बहिरङ्ग सेवा बन्द गरेको छ । अस्पतालका एक जना डाक्टरमा कोरोनाको सङ्क्रमण देखिएपछि आकस्मिक सेवा बन्द गराइएकोमा आजदेखि आकस्मिक र बहिरङ्ग सेवा बन्द गरेको अस्पतालले जनाएको छ ।
न्यूरो अस्पतालको कोभिड-१९ व्यवस्थापन समितिको हिजो बसेको आकस्मिक बैठकले कोरोना भाइरस सङ्क्रमण थप फैलिन नदिन आकस्मिक र बहिरङ्ग सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको थियो ।
प्रतिकृया दिनुहोस्