मेलम्चीमा पहिरोमा पुरिएर ८ जना मजदुर बेपत्ता
काठमाण्डौँ – सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा परि ८ जना मजदुर बेपत्ता भएका छन् । लगातारको वर्षासँगै राति २ बजेतिर पहिरो खसेपछि ८ जना बेपत्ता भएका हुन् । एकजनालाई भने जिविदै उद्दार गरेको प्रहरीले जनाएको छ ।
वाग्मती प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्ड हल बनाउन खटिएका कामदार बसेको घर पहिरोले पुरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख फलबहादुर तामाङले जानकारी दिए ।
मेलम्ची बजार पिपलबोट नजिक ढिस्को खसेर कामदार सुतेको घर पुरेको हो ।स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले अहिले पहिराेमा हराएकाहरुकाे खोजी गरिरहेका छन् ।उद्दारमा नेपाल प्रहरी नेपाली सेना ,स्थानीयबासी खटेका छन ।

प्रतिकृया दिनुहोस्