सिरी ‘ए’ च्याम्पियन युभेन्टस पराजित
काठमाडौँ – इटालियन सिरी ए को यस सिजनको अन्तिम खेलमा युभेन्टसले लज्जास्पद हार बेहोरेको छ ।
गएराती सम्पन्न क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला लगायतका खेलाडीलाई आराम दिएको खेलमा युभेन्टस एएस रोमासँग ३-१ गोल अन्तरले परजित भएको हो ।
रोमाको जितमा डिएगो पेरोटीले दुई गोल गरे भने निकोला कालिनिकले एक गोल गरेका थिए । त्यस्तै युभेन्टसका लागि गोन्जालो हुगैनले एक गोल गरेका थिए ।
योसँगै लिग जितेपनि युभेन्टसले अन्तिम खेलमा हारे बेहोर्दै यो सिजना सकाएको छ । ३८ खेलमा ८३ अंकसहित युभेन्टसले लिग सकाएको छ ।

प्रतिकृया दिनुहोस्