आजको मौसमः चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं –  (आज) आइतबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा स्थानमा भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति साथै प्रदेश १ र गण्डकी प्रदेश केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको जानकारी छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

देशका बाँकी स्थानमा सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै सतर्क हुन विभागले भनेको छ ।