एनआरएनएकाे दोस्रो विश्व ज्ञान सम्मेलन हुँदै

साउन १७, काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दोस्रो ‘एनआरएन विश्व ज्ञान सम्मेलन–२०२०’ गर्ने भएको छ ।
संघले सरकारसँगको सहकार्यमा असोज २३ देखि २५ सम्म काभ्रेको धुलिखेलमा सम्मेलन आयोजना गर्ने जनाएको छ । सम्मेलन कोभिड–१९ ले नेपालमा पारेको प्रभाव, कोभिडपछि विश्वमा चालिएका कदम र नेपालले अपनाउनुपर्ने रणनीतिमा केन्द्रित हुनेछ । सम्मेलनको संयोजकमा संघका महासचिव हेमराज शर्मा र सहसंयोजक संघका आईसीसी सदस्य हरिप्रसाद दाहाल छन् । संघले सम्मेलनमा ४ प्लेनरी सेसन र १५ सिम्पोसियम सेसन आयोजना गरिनेछ ।

प्रतिकृया दिनुहोस्