काठमाडौंमा ३२ जनालाई कोरोना पुष्टि
काठमाडौं – बितेको २४ घण्टामा काठमाडौंमा मात्रै थप ३२ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ८ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणका क्रममा थप ३ जना, पाटन अस्पताल ललितपुरमा गरिएको परिक्षणमा थप २ जना, विर अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा १ जना, प्रहरी अस्पतालमा गरिएको परिक्षणमा १८ जना गरी बितेको २४ घण्टामा थप २८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।
हिजो काठमाडौंमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिकृया दिनुहोस्