काेराेना व्यवस्थापन कसरी गर्ने बारेमा सीसीएमसी छलफलमा

संक्रमितको संख्या बढेसँगै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले अबको रणनीति का बारेमा छलफल थालेको छ ।
विशेषगरी काठमाडौ उपत्यकामा संक्रमितको संख्या वृद्धि भएपछि पुन: लक डाउन गर्ने की अन्य विकल्प खोज्ने भन्ने विषयमा विशेषज्ञहरुसँग छलफल सुरु गरेको हो ।
केही दिनको स्थितिलाई मूल्यांकन गरी आवश्यक निर्णय लिने बताइएको छ । विगतमा जस्तो देशव्यापी र लामो समयसम्म लक डाउन नगरेर प्रभावित क्षेत्रमा मात्रै लक डाउन गर्ने तयारी भएको श्रोतको भनाइ छ ।

प्रतिकृया दिनुहोस्