उच्च अदालत जनकपुरका न्यायाधीशमा कोरोना पुष्टि
साउन १६, प्रदेश- २ मा थप एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए ।

मंगलबार न्यायाधीशसहित अन्य कर्मचारीहरुको स्वाब संकलन गरिएकोमा न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए । यसअघि उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीशमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।
यता न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि निश्चित कामकारबाहीबाहेक अन्यकाम शुक्रबारदेखि ३१ गतेसम्म स्थगित गर्ने उच्च अदालतले निर्णय गरेको छ ।
‘उच्च अदालत जनकपुरका एकजना न्यायाधीशज्यूमा कोरोना पोजिटिभ देखिएको र अस्पतालका विज्ञ डाक्टरका अनुसार प्रदेशभर कोरोना संक्रमणको गति तिव्र रुपमा फैलिइरहेकोले उच्च अदालत जनकपुर, धनुषा जिल्ला अदालत, उच्च तथा जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एशोसिएसनसँग भएको छलफलमा लकडाउनको अवधिमा गरिँदै आइएका निश्चित कामकारबाहीबाहेकका अन्य काम कारबाही शुक्रबारदेखि श्रावण मसान्तसम्म स्थगन गर्ने भनी सर्वोच्च अदालतमा अनुरोध गर्ने निर्णय भएको,’ अदालतले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्