December 14, 2024, Saturday
२०८१ मंसिर २९, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

अनुशासन समितिको कार्यक्षमता र नियतमाथि उठाए पौडेलले गम्भीर प्रश्न

काठमाण्डौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यक्षमता र नियतमाथि गम्भीर प्रश्न उठाएका छन् । 

पौडेलले आज समाजिक संजालमा टिप्पणी गर्दै वागी उमेदवार, उमेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तीलाई विधानको एउटै दफा प्रयोग गरि कारवाही गरेको भन्दै अनुशासन समितिको नियतमाथि प्रश्न उठाएका हुन् । 

उनले तनहुँ क्षेत्र नम्बर १ मा वागी उमेदवारी दर्ता गरेका गोविन्दराज जोशीसँग जोडेर सिटिङ्ग संसद तथा उम्मेदवारी खेसिएका कैलालीका श्रीपुष्कर ओझालाई स्पष्ट आधार र कारण बिना विधानको दफा ३४ वमोजिम ५ वर्षको लागि पार्टीबाट निष्कासन गर्ने गरी कारवाही गर्नु नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको नियत र कार्यक्षमता माथि गम्भीर प्रश्न उठेको उल्लेख गरेका छन् ।