शुरु भयो बालुवाटारमा ओली, दाहाल र खनालको छलफल

काठमाडौँ — स्थायी समिति बैठक स्थगित गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीले एकतर्फीरूपमा स्थायी समिति बैठक स्थगित गरेपछि नेकपा विवादले नयाँ मोड लिएको छ ।

अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरु बैठक सूचारु गर्नु पर्ने भन्दै बालुवाटार पुगेका थिए । तर, बैठकमा ओली नआउने भएपछि सहमतिको प्रयासका लागि भन्दै दाहाल र खनाल ओलीसँग छलफलका लागि पुगेका हुन् ।